चितवन–२ मा रवि लामिछानेको फराकिलो अग्रता

137 Shares

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले फराकिलो मतान्तरसहित अग्रता कायम राख्नुभएको छ।

हालसम्मको मतगणनामा लामिछानेले ३२६५ मत प्राप्त गर्नुभएको छ। उहाँलाई नेकपा (एमाले)की उम्मेदवार अस्मिन घिमिरे १५१९ मतसहित दोस्रो स्थानमा रहेका छन्।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरुङ १२६० मतसहित एमाले उम्मेदवारलाई पछ्याइरहेका छन्।

नेपाली कांग्रेसकी मीना खरेल १०९४ मतसहित चौथो स्थानमा रहनुभएको छ।

मतगणना प्रक्रिया जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।