रुकुमपूर्वमा प्रचण्डको फराकिलो अग्रता

135 Shares

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुकुमपूर्वमा जारी प्रारम्भिक मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले फराकिलो अग्रता लिनुभएको छ।

प्रारम्भिक मतपरिणामअनुसार २ हजार ६३५ मत गणना हुँदा प्रचण्डले १ हजार ४१५ मत प्राप्त गर्नुभएको छ। उहाँलाई नेकपा (एमाले)का उम्मेदवार लीलामणि गौतम ले ४३१ मतसहित पछ्याइरहनुभएको छ।

त्यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापा ले ४१७ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लखनकुमार थापा ले १७६ मत प्राप्त गर्नुभएको छ।

मतगणना प्रक्रिया जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।