ललितपुरका तीनै क्षेत्रमा मतगणना जारी, दुई क्षेत्रमा रास्वपा र एकमा कांग्रेस अगाडि

164 Shares


ललितपुरका तीनै क्षेत्रमा मतगणना जारी, दुई क्षेत्रमा रास्वपा र एकमा कांग्रेस अगाडि

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ललितपुरका तीन निर्वाचन क्षेत्रमा जारी प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई क्षेत्रमा अग्रस्थानमा देखिएको छ भने एक क्षेत्रमा नेपाली कांग्रेस अगाडि रहेको छ।

ललितपुर–१ मा नेपाली कांग्रेसका उदय शम्शेर राणा ले १ हजार मतसहित अग्रता लिनुभएको छ। उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्ध रत्न महर्जन ले ६ सय मतसहित पछ्याइरहनुभएको छ भने नेकपा (एमाले)का चेतनाथ सन्जेल ले ३ सय मत प्राप्त गर्नुभएको छ।

ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल ३ सय मतसहित अग्रस्थानमा रहँदा नेकपा (एमाले)का प्रेम बहादुर महर्जन ले १ सय मत र नेपाली कांग्रेसका प्रेम कृष्ण महर्जन ले ५० मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोशिमा कार्की २ सय मतसहित अग्रस्थानमा हुनुहुन्छ। उहाँलाई नेपाली कांग्रेसका जितेन्द्र श्रेष्ठ ले १ सय मतसहित पछ्याइरहनुभएको छ भने नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जन ले पनि १ सय मत प्राप्त गर्नुभएको छ।

मतगणना प्रक्रिया जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।