काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ।
काठमाडौंका १० तथा ललितपुर र भक्तपुरका २/२ क्षेत्रमा रास्वपा उम्मेदवारहरू अगाडि देखिएका हुन्।
काठमाडौं–१ मा रञ्जु दर्शना, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त महर्जन, काठमाडौं–९ मा डीपी अर्याल र काठमाडौं–१० मा प्रदीप विष्ट ले अग्रता कायम गर्नुभएको छ।
यसैगरी ललितपुर–२ मा जगदिश खरेल र ललितपुर–३ मा तोसिमा कार्की अग्रस्थानमा हुनुहुन्छ। ललितपुर–१ मा भने नेपाली कांग्रेसका उदय शम्सेर राणा ले अग्रता लिनुभएको छ।
भक्तपुरका दुवै क्षेत्रमा पनि रास्वपा उम्मेदवारहरू अगाडि देखिएका छन्। भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टीको प्रभाव रहेको क्षेत्रमा रास्वपाका रुकेश रन्जित अग्रस्थानमा रहँदा नेमकिपाका प्रेम सुवाल ले पछ्याइरहनुभएको छ।
त्यसैगरी भक्तपुर–२ मा राजिव खत्री ले अग्रता लिँदा नेकपा (एमाले)का महेश बस्नेत पछि पर्नुभएको छ।
मतगणना प्रक्रिया भने अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया