128
Shares
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले अग्रता लिनुभएको छ।
प्रारम्भिक मतगणनामा नेकपा (एमाले)का उम्मेदवारभन्दा पछि परेका लामिछाने पछिल्लो मतगणनामा एमाले उम्मेदवार अस्मिन घिमिरे लाई उछिन्दै अग्रस्थानमा पुग्नुभएको हो।
हालसम्मको मतपरिणामअनुसार लामिछानेले १ हजार १५८ मत प्राप्त गर्नुभएको छ भने घिमिरेले ९०८ मत ल्याउनुभएको छ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रताप गुरुङ ७७५ मतसहित तेस्रो स्थानमा रहँदा नेपाली कांग्रेसकी मीना खरेलले ५३९ मत प्राप्त गर्नुभएको छ।
मतगणना प्रक्रिया भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया