काठमाडौं : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जारी मतगणनामा ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रारम्भिक चरणमै उल्लेख्य अग्रता लिएको छ।
हालसम्म १ हजार ९ सय ९६ मतगणना हुँदा रास्वपाले १ हजार ६ सय ४८ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले १ सय ६८ मत पाएको छ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (तारा) ले ३५ मत, नेकपा (एमाले) ले ३३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ३३ मत प्राप्त गरेका छन्।
प्रारम्भिक मतपरिणाममा रास्वपा निकै अगाडि देखिएको छ भने अन्य दलहरू धेरै पछि परेका छन्। मतगणना प्रक्रिया भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया