154
Shares
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा–५ मा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह अग्रस्थानमा देखिनुभएको छ।
हालसम्म करिब एक हजार चार सय मतगणना हुँदा शाहले ८ सय १४ मत प्राप्त गर्नुभएको छ। उहाँलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ले ३ सय ८४ मतसहित पछ्याइरहनुभएको छ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसले मनद्वारा चिमोरियालाई उम्मेदवार बनाएको छ भने नेकपाले रञ्जित तामाङलाई उम्मेदवारका रूपमा अघि सारेको छ।
मतगणना प्रक्रिया जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया