शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपति पौडेलद्वारा सन्तोष व्यक्त

167 Shares

काठमाडौं ।रामचन्द्र पौडेलले देशभर शान्तिपूर्ण रूपमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएकोमा सन्तोष व्यक्त गरेका छन्।

उनले प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएको भन्दै सन्तोष प्रकट गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।

राष्ट्रपति पौडेलले निर्वाचन सफल बनाउन सक्रिय भूमिका खेलेका सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, मतदाता, राष्ट्रसेवक कर्मचारी तथा सम्बन्धित सबै पक्षप्रति धन्यवाद व्यक्त गरेका छन्।

साथै उनले लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन आम नागरिकले देखाएको सहभागिता र सहयोगप्रति पनि आभार व्यक्त गरेका छन्।