141
Shares
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी स्थित आइतबारेमा मतदानका क्रममा मोटरसाइकल दुर्घटना हुँदा धनराज राईको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
स्थानीय वडाध्यक्ष हेमराज राई का अनुसार, भोट हाल्न पैदल गइरहेका जोरधन राई लडेर घाइते भए। उनीहरुलाई बाइकमा उद्दार गरेर महादेवस्थान मावि मतदान केन्द्रमा लैजाने क्रममा दुर्घटना भएको हो।
घाइतेमध्ये जोरधन राई गम्भीर घाइते छन् भने बाइक चालक पाण्डव राई पनि घाइते भएका छन्। गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ।
घटनास्थलमा प्रहरी पुगेको छ र थप जानकारी संकलन भईरहेको प्रहरी नायब उपरीक्षक मदन केसी ले जानकारी दिनुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया