पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्वत जिल्लामा हालसम्म झण्डै ४० हजार मत खसेको छ। जिल्लाभरका मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागितासहित मतदान भइरहेको छ।
जिल्लाका विभिन्न स्थानमा शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बिहानैदेखि मतदाताहरू मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन जिल्लाभर कडा सुरक्षा व्यवस्था मिलाइएको प्रशासनले जानकारी दिएको छ। सुरक्षाकर्मीको व्यापक परिचालनसँगै मतदान केन्द्रहरूमा आवश्यक व्यवस्थापन गरिएको छ।
निर्वाचन आयोगले तोकेको समयअनुसार साँझसम्म मतदान प्रक्रिया जारी रहनेछ। जिल्लाका मतदाताहरू लोकतान्त्रिक अधिकार प्रयोग गर्न उत्साहका साथ सहभागी भइरहेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया