इलाम । प्रतिनिधिसभा सदस्य चयनका लागि जारी मतदानमा इलाम जिल्लामा हालसम्म करिब ४० प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार जिल्लाका विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
उनले मतदाताको उत्साहजनक सहभागितासहित मतदान प्रक्रिया निरन्तर जारी रहेको जानकारी दिएका छन्। बिहानैदेखि मतदाताहरू आफ्नो मताधिकार प्रयोग गर्न मतदान केन्द्रमा पुगिरहेका छन्।
निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने मतदान कार्य शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको प्रशासनको भनाइ छ।
निर्वाचन आयोगले तोकेको समयअनुसार मतदान प्रक्रिया साँझसम्म जारी रहनेछ। जिल्लाभरका मतदाताले उत्साहका साथ लोकतान्त्रिक अधिकार प्रयोग गरिरहेका छन्।







फेसबुकबाट तपाईको प्रतिक्रिया