काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष चन्द्रप्रसाद ढकाल ले काठमाडौंको विशालनगर स्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।
मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मताधिकार केवल अधिकार मात्र नभई देशको भविष्य निर्धारण गर्ने जिम्मेवारीसमेत भएको बताएका छन्। मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाउने अपेक्षा उनले व्यक्त गरे।
त्यस्तो नेतृत्वबाट स्थिर नीति, लगानीमैत्री वातावरण र निजी क्षेत्रको सक्रिय सहभागितासहित समृद्ध अर्थतन्त्र निर्माणतर्फ मुलुक अघि बढ्ने उनको भनाइ छ।
ढकालले मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रको रहेको उल्लेख गर्दै विकास र समृद्धिको प्रमुख संवाहक निजी क्षेत्र नै भएको बताए। निजी क्षेत्रको सक्रिय सहभागिता र लगानीबाट मात्रै अपेक्षित विकास हासिल गर्न सकिने उनको धारणा छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया