काठमाडौं । केपी शर्मा ओली ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान गर्नुभएको छ।
बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो।
अध्यक्ष ओली यसपटक झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएको छ।
यसैबीच देशभर प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान जारी रहेको निर्वाचन आयोग ले जनाएको छ।
निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि मतदान भइरहेको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया