उदयपुरमा प्रहरी हतियार पड्किँदा मतपेटिकामा क्षति

136 Shares

काठमाडौँ । उदयपुर मा प्रतिनिधि सभा निर्वाचनको क्रममा एक प्रहरी जवानले बोकेको हतियार अकस्मात पड्किँदा मतपेटिकामा क्षति पुगेको छ।

बिहीबार बिहान कटारी नगरपालिका–३, तरकारी तथा फलफूल बिक्री केन्द्र, तावाखोलाको ‘खु’ मतदान केन्द्र मा खटिएका एक प्रहरी जवानको सटगन झुक्किएर पड्किएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। उक्त राउन्ड गोली मतपेटिकामा लागेको छ।

गोली चल्दा मतपेटिकामा ४ वटा मत खसिसकेको भए पनि प्रहरीका अनुसार भोट हालिसकेको मतपत्र सुरक्षित छ। क्षतिग्रस्त मतपत्रलाई अर्को सुरक्षित मतपेटिकामा राखेर मतदान कार्य पुनः सुरु गरिएको छ।