काठमाडौँ । कैलाली जिल्लामा प्रतिनिधि सभा सदस्य चयनका लागि जारी मतदानमा मतदाताहरू उत्साहका साथ सहभागी भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा बिहीबार बिहानैदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। बिहान १० बजेसम्म जिल्लाभरी २८ हजार ९ सय ८ मत खसेको छ, जुन कुल मतदाता संख्याको करिब ५.२ प्रतिशत हो।
जिल्लाभर २ सय ३६ वटा मतदान स्थलमा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको थियो। कैलालीका प्रत्येक निर्वाचन क्षेत्रमा खसेको मत यस प्रकार छ:
कैलाली–१ : ५ हजार २ सय ९५
कैलाली–२ : ६ हजार ९ सय ७०
कैलाली–३ : ६ हजार ७ सय ७५
कैलाली–४ : ५ हजार २ सय १५
कैलाली–५ : ४ हजार ६ सय ५३
कार्यालयले जिल्लामा मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा भइरहेको जानकारी दिएको छ
फेसबुकबाट तपाईको प्रतिक्रिया