काठमाडौँ । दोलखा मा प्रतिनिधि सभा निर्वाचनको मतदान दौरान विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ।
जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आले ले हवाई फायर भएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार, “निर्वाचन खटिएका कर्मचारीमाथि हातपात गर्न खोजेपछि हवाई फायर गरिएको हो। अहिले सामान्य नाराबाजी भइरहेको छ।”
विवाद दोलखाको मालु मतदानस्थल मा भएको बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया