पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीमाथि चिन्ता व्यक्त गरे

129 Shares

काठमाडौँ । नेकपा एमाले का पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे ले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा कुनैपनि दलको स्पष्ट बहुमत ल्याउनु कठिन रहेको बताउनुभएको छ।

पूर्वी चितवनको राप्ती नगरपालिका–५ मतदान केन्द्र बाट मतदान प्रक्रियामा सहभागी भएर बाहिरिँदै सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निर्वाचनपछि पनि मुलुकले तत्काल स्थायित्व पाउनेमा आशंका व्यक्त गर्नुभयो। उहाँले यस निर्वाचनलाई गत भदौ २३–२४ मा भएका जेन–जी विद्रोहपछिको देशको नयाँ राष्ट्रिय राजनीतिको लेखाजोखा गर्ने कडीका रूपमा चित्रण गर्नुभयो।

पाण्डेले नेपालको वर्तमान निर्वाचन प्रणाली (६०% प्रत्यक्ष र ४०% समानुपातिक सिट) अन्तर्गत कुनैपनि दलले बहुमत ल्याउनु “फलामको चिउरा चपाउनु सरह” रहेको उदाहरणसहित विश्लेषण गर्नुभयो।

उहाँले छिमेकी मुलुक बङ्गलादेश को उदाहरण दिँदै नेपालको चुनावमा संविधानका मुख्य एजेण्डा थाँती राखिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो। बङ्गलादेशमा चुनावसँगै जनमत सङ्ग्रह गरेर प्रधानमन्त्रीको कार्यकाल र सदनको स्वरूप तय गरिएको भए पनि नेपालमा राजनीतिक दलहरू केवल सरकार बनाउने र प्रधानमन्त्री तोक्ने प्रतिस्पर्धामा रहेको उहाँको भनाइ थियो।

अन्तरिम सरकारले चुनाव गराउन सक्दैन भन्ने आशंकाबीच, सुशीला कार्की