पूर्वमन्त्री जगदीश खरेलले ललितपुर–२ मा मतदान गरे

124 Shares

काठमाडौँ । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल ले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर–२ मा मतदान गर्नुभएको छ।

उहाँले महालक्ष्मी नगरपालिका स्थित बोझेपोखरी, महादेव मन्दिर मतदान केन्द्र बाट आज बिहान ७ बजेर ७ मिनेटमा मत खसाल्नुभएको हो। मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खरेलले सबै मतदातालाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “मैले मतदान गरेँ, तपाईंहरू पनि मतदानमा सहभागी हुनुहोला।”

खरेल यसपटक पहिलो पटक ललितपुर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्नु भएको हो। उहाँले निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा लिन र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गर्न सबैसँग अपील गर्नुभएको छ।

ललितपुर–२ सहित देशभर बिहीबार बिहान ७ बजेदेखि नै मतदान सुरु भएको छ। मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ भने निर्वाचन आयोग नेपाल ले निर्धारित समयभित्र शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।