नेकपा माओवादी महासचिव विप्लवले १८ वर्षपछि मतदान गरे

122 Shares

काठमाडौँ । नेकपा माओवादी का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले १८ वर्षपछि प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्नुभएको छ ।

उहाँले रोल्पा, परिवर्तन गाउँपालिका–३, थुनिकोट बालशिक्षा मावि मतदान केन्द्र बाट मतदान गर्नुभएको हो र सो मतदान केन्द्रमा पहिलो मतदाताका रूपमा मत खसाल्नुभएको थियो ।

विप्लवले १० वर्षे सशस्त्र युद्धपछि २०६४ सालको निर्वाचनमा मतदान गरेका थिए, तर त्यसपछिका तीन निर्वाचनमा भाग लिनुभएको थिएन।

यस पटकको निर्वाचन जेन–जी आन्दोलनपछिको विशेष परिस्थितिमा भएको हो र विप्लव नेतृत्वको माओवादीले पनि यसमा सहभागिता जनाएको छ ।