146
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मतदान गर्नुभएको छ ।
उहाँले बिहीबार बिहान ललितपुर, भैंसीपाटी मतदान केन्द्र मा पुगेर लाइनमै बसेर मत खसाल्नुभएको हो । मिश्रको मतदाता नामावली ललितपुरमै रहेको छ ।
मिश्र काठमाडौँ–१ बाट राप्रपाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । आज देशभर प्रतिनिधि सभाका लागि मतदान भइरहेको छ र बिहानैदेखि मतदाताहरू आफ्नो प्रतिनिधि चयन गर्न लाइनमा बसेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया