रवि लामिछानेले काठमाडौंमा मतदान गरे, परिणाम स्वीकार्नुको विकल्प नभएको प्रतिक्रिया

135 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतदान गर्नुभएको छ ।

बिहीबार बिहान उहाँले काठमाडौंको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले लोकतन्त्रको सुन्दरता नै निर्वाचन प्रणाली भएको उल्लेख गर्दै निर्वाचनको परिणाम स्वीकार्नुको विकल्प नभएको बताउनुभयो ।

उहाँले ‘जेन–जी’ आन्दोलनको जगमा विशेष परिस्थितिमा भइरहेको निर्वाचनमा सहभागी भई सही नेतृत्व चयन गर्न सबै मतदातालाई अपिल गर्नुभयो । साथै, जेन–जी पुस्ताको माग सम्बोधन गर्न अग्रसर हुने पहिलो पार्टी रास्वपा नै भएको दाबी पनि गर्नुभयो ।

सभापति लामिछाने चितवन–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार समेत रहनुभएको छ । बिहीबार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि मतदान भइरहेको छ । देशभर मतदान कार्य जारी रहेको छ ।