168
Shares
काठमाडौं । रवि लामिछानेले आफ्नो फेसबुक अकाउन्ट पुनः आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको बताएका छन् ।
लामिछानेले पटक–पटक ह्याक गर्ने प्रयास भए पनि अन्ततः फेसबुक फिर्ता लिन सफल भएको उल्लेख गरेका छन् । उनले फेसबुकमार्फत लेखेका छन्, “पटकपटक ह्याक गर्ने प्रयास भएतापनि अन्ततः मेरो फेसबुक पुनः आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको छु । चासो र चिन्ता गर्नु हुने सबैको जानकारीका लागि यो पोस्ट सार्वजनिक गर्न चाहेको छु । सबैलाई धन्यवाद ।”
फागुन १९ गते रातिदेखि उनको फेसबुक अकाउन्ट गायब भएको थियो । यस विषयमा समर्थक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत चासो व्यक्त गर्दै आएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया