166
Shares
काठमाडौं । रामचन्द्र पौडेल र सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।बुधबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेट भएको हो ।
भेटमा भोलि हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी थिइन् । साथै निर्वाचनको तयारी, सुरक्षा अवस्था तथा समग्र व्यवस्थापनबारे पनि छलफल भएको जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया