काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानी नजिक बीपी राजमार्गमा बुधबार दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोलन्जर गाउँपालिका–३ का ३४ वर्षीय स्कुटर चालक चन्द्र श्रेष्ठ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार काठमाडौंबाट मरिणतर्फ जाँदै गरेको बा ४ ख ३८९४ नम्बरको बस र सिन्धुलीबाट चियाबारीतर्फ जाँदै गरेको ज १० प ९२३ नम्बरको स्कुटर ठोक्किँदा चालक गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल सिन्धुली पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
ठक्कर दिने बस र चालक राजकुमार माझी, हरिहरपुरगढी गाउँपालिका–५ निवासी ४१ वर्षीय, जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नियन्त्रणमा छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया