काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको दिन भोलि फागुन २१ गते पत्रकारहरूले हिँडडुल गर्न सूचना विभाग वा सञ्चार रजिस्ट्रारको कार्ड देखाउन सक्ने व्यवस्था भएको जनाएको छ।
आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार पत्रकारहरूले सूचना संकलन तथा सम्प्रेषणका लागि सूचना विभागले जारी गरेको प्रेस परिचय पत्र वा सञ्चार रजिस्ट्रारको कार्यालयबाट जारी कार्ड देखाएर सवारी चलाउन र हिँडडुल गर्न सक्नेछन्।
यस्तै, आयोगले सूचना विभागको कार्ड नभएका पत्रकार र कर्मचारीलाई पास वितरण गरेको छ। आयोगले उपलब्ध गराएको पास नभएका पत्रकारहरूले सूचना विभाग वा सञ्चार रजिस्ट्रारको कार्ड देखाएर पनि हिँडडुल गर्न सक्नेछन्।
निर्वाचन आयोगले यसबारे सुरक्षा निकायलाई पनि जानकारी गराइसकेको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया