काठमाडौं । युट्युबर रतन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार चितवनबाट उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी अभिनारायण काफ्लेले जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा निर्वाचन आचारसंहिता विपरीत सामग्री प्रकाशित गरेको आरोपमा कार्कीलाई नियन्त्रणमा लिइएको प्रवक्ता काफ्लेले बताएका छन् ।
कार्की हालै सम्पन्न हुन लागेको निर्वाचनका लागि जापानबाट स्वदेश फर्किएको बताएका थिए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।







फेसबुकबाट तपाईको प्रतिक्रिया