प्रधानमन्त्री कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाइन्

152 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेकी छन्।

प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ।

भोलि हुने प्रतिनिधिसभा निर्वाचनअघि प्रधानमन्त्री कार्कीले सबै निकायका प्रमुखहरूसँग छलफल गरी पछिल्लो देशभरको सुरक्षा अवस्थाबारे ब्रिफिङ लिने तयारी गरेकी छन्।