काठमाडौं । गैरकानूनी गतिविधिमा संलग्न भएको आरोपमा सिरहा–३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा नगदसहित फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
जनता समाजवादी पार्टी नेपालका उम्मेदवार यादवलाई नेपाल–भारत सीमा क्षेत्रमा पर्ने माडर नाकामा गाडी जाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार जाँचका क्रममा ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको छ।
मौन अवधिमा गैरकानूनी गतिविधि गरेको आशंकामा यादवसहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको जनाइएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया