इरानमाथि अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमण जारी, हजारौँ हताहतीको दाबी

154 Shares

एजेन्सी । IsraelUnited Statesले संयुक्त रूपमा Iranमाथि भीषण हवाई आक्रमण जारी राखेका छन्। राजधानी Tehranसहित अन्य शहरमा बुधबार चौथो दिन पनि आक्रमण भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी संस्था Human Rights Activists News Agencyका अनुसार हालसम्म आक्रमणमा परी इरानमा १ हजार ९७ सर्वसाधारणको मृत्यु भएको छ। मृतकमध्ये १ सय ८१ जना १० वर्षमुनिका बालबालिका रहेका छन्। आक्रमणमा ५ हजारभन्दा बढी घाइते भएको जनाइएको छ।

United States Central Commandले सैन्य कारबाहीका क्रममा इरानमा करिब २ हजार शक्तिशाली आक्रमण गरिएको दाबी गरेको छ। सेन्टकमका प्रमुख Brad Cooperले भिडियो सन्देशमार्फत १७ वटा इरानी पानीजहाज ध्वस्त पारिएको बताएका छन्। उनका अनुसार अभियानमा ५० हजारभन्दा बढी सैनिक, २ सय लडाकु विमान, दुई वटा विमानवाहक जहाज र बमवर्षक विमान सहभागी छन्।

इरानले विश्वको महत्वपूर्ण तेल मार्ग Strait of Hormuz बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले तेल ट्यांकरको सुरक्षाका लागि अमेरिकी नौसेना परिचालन गर्न तयारी अवस्थामा रहेको जनाएको छ।

उता, इरानले खाडी क्षेत्रका विभिन्न देशहरूमा रहेका अमेरिकी सैन्य आधार तथा दूतावासलाई लक्षित गर्दै ड्रोन आक्रमण जारी राखेको छ। Saudi ArabiaKuwaitस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण भएपछि अमेरिकाले मंगलबारै दूतावास बन्द गरेको बताइएको छ। अमेरिकाले खाडी तथा आसपासका देशमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गर्दै सुरक्षा उर्दी जारी गरेको छ।

इरानी आक्रमणमा परी कुवेतमा ६ अमेरिकी सैनिकको मृत्यु भएको जनाइएको छ। क्षेत्रीय तनाव चुलिँदै जाँदा मध्यपूर्वमा अस्थिरता थप गहिरिँदै गएको विश्लेषण गरिएको छ।