उच्च चापीय प्रणालीको प्रभाव: केही प्रदेशमा आंशिक बदली, तराईमा तुँवालो

164 Shares

काठमाडौं । हाल देशमा उपल्लो वायुमण्डलमा विकसित उच्च चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बुधबार बिहान कोशी प्रदेश, बागमती प्रदेशगण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागमा भने तुँवालो लागेको छ।

बुधबार दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

यस्तै, बुधबार राति तराईका अधिकांश स्थानमा तुँवालो रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।