काठमाडौं । नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको कार भक्तपुरको चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सोमबार दिउँसो दुर्घटना हुँदा घाइते पाँचमध्ये तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधान रहेका छन्। उनीहरूको उपचारका क्रममा मृत्यु भएको भक्तपुर जिल्ला प्रहरी परिसर का प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगु ले जानकारी दिए।
घाइते योगेन्द्र र सुरेन्द्रको मध्यपुर अस्पतालमा तथा कृष्णमायाको राष्ट्रिय ट्रमा सेन्टर मा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते अन्य दुई जनाको मध्यपुर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया