नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

142 Shares

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा टिपरले ठक्कर दिएको कारण स्कुटर चालकको मृत्यु भएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराई का अनुसार कोइराला थरका पुरुष आज बिहान टिपरको ठक्करबाट गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो जहाँ बिहान ८:५५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रदेश ३–०१ ब. ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरमा सवार कोइरालालाई, बिजुलीबजारतर्फबाट तिनकुनेतर्फ जाँदै गरेको बा. २ क ३२२९ नम्बरको फोहोर बोकेको टिपरले सिभिल अस्पताल अगाडि बिहान ८:४५ बजे ठक्कर दिएको थियो।