अत्यावश्यक वस्तुको आपूर्ति सहज राख्न उद्योग, वाणिज्य मन्त्रालयको निर्देशन

133 Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ले चुनावको बेला अत्यावश्यक वस्तुको आपूर्ति सहज रहोस् भनी सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनीसाल्ट ट्रेडिङ कर्पोरेसन लाई पेट्रोलियम पदार्थ, खाद्यान्न तथा नुनको पर्याप्त मौज्दात राख्न तथा आपूर्ति व्यवस्थालाई नियमित र सहज बनाउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदी ले जानकारी दिनुभयो।

उहाँका अनुसार, बजारमा कृत्रिम अभाव सिर्जना हुन नपाओस् भनी प्रभावकारी बजार अनुगमन गर्न र सार्वजनिक बिदाका दिनमा समेत आयात–निर्यात कार्य सञ्चालन गर्न निर्देशन दिइएको छ।

साथै, बजार अनुगमन र आपूर्ति व्यवस्थामा सहजीकरण तथा सहयोगका लागि स्थानीय प्रशासन परिचालन गर्न गृह मन्त्रालयसँग समन्वय गर्न मन्त्रालयले अनुरोध गर्ने निर्णय गरेको छ।