पश्चिमी वायुको आंशिक प्रभाव: कोशीका उच्च भू–भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

160 Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ ।

मंगलबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

दिउँसो तराईका केही स्थानमा बिहान हुस्सु लागेको छ । कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । साथै कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, मंगलबार राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।