171
Shares
रामेछाप — रामेछापमा कर्मचारीसहित निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना भएको छ।
रामेछाप नगरपालिका–२ देउरालीस्थित सितलादेवी मावि र वडा नं ३ साँघुटारको वडाकार्यालय मतदान केन्द्रका कर्मचारी तथा निर्वाचन सामग्री लिएर गएको निसान कम्पनीको गाडी देउरालीमा सामग्री झारेर फर्किने क्रममा दुर्घटनामा परेको स्थानीयले बताएका छन्।
गाडीमा कति जना सवार थिए भन्ने खुल्न सकेको छैन। गाडी भिरबाट खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका इन्सपेक्टर राजनप्रसाद तिमल्सिनाका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। दुर्घटनामा केही व्यक्ति हताहत भएको आशंका गरिए पनि प्रहरीले यसबारे औपचारिक पुष्टि गरेको छैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया