151
Shares
काठमाडौं — २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न भएको छ।
रामप्रसाद भण्डारीका अनुसार निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। उनले मतदान अधिकृतहरू सम्बन्धित मतदान केन्द्र र स्थलमा पुगिसकेको तथा मतदान प्रक्रियाका लागि आवश्यक सामग्रीहरू पनि ढुवानी भइसकेको जानकारी दिए।
निर्वाचन आयोगले ४ फागुनदेखि १८ फागुन (सोमबार) सम्म निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो। आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने र मतदान प्रक्रिया सम्पन्न नभएसम्म कायम रहने जनाइएको छ।
आयोगले शान्त, निष्पक्ष र व्यवस्थित रूपमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया