एजेन्सी — Donald Trumpले अमेरिकी सैनिकको मृत्युको बदला लिने चेतावनी दिएका छन्।
सोमबार सामाजिक सञ्जाल Truth Socialमार्फत भिडियो सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी सैन्य अधिकारीको मृत्युको बदला लिने र इरानी शासनमाथि ‘सबैभन्दा कठोर प्रहार’ गर्ने घोषणा गरेका हुन्।
उनले अमेरिका यतिखेर विशाल सैन्य अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै यो कदम वर्तमान सुरक्षाका साथै भावी पुस्ताको सुरक्षाका लागि आवश्यक रहेको दाबी गरेका छन्। स्वतन्त्र नागरिकको सुरक्षाका लागि यस्तो कदम कर्तव्य र जिम्मेवारी भएको उनको भनाइ थियो।
ट्रम्पले कट्टरपन्थी विरुद्ध अमेरिकाले अगाडि सारेको कदम सही भएको जिकिर गर्दै आणविक हतियारले सुसज्जित आतंककारी शासनको सामना गर्न नपरोस् भन्ने उद्देश्यले कारबाही गरिएको बताए।
इरानविरुद्ध जारी सैन्य कारबाहीका क्रममा ३ जना अमेरिकी सैनिकको मृत्यु भएको र ५ जना गम्भीर घाइते भएको जनाइएको छ। अमेरिकी सेनाले ‘अपरेशन एपिक फ्युरी’ अभियानका दौरान उक्त क्षति भएको जनाएको छ। संयुक्त आक्रमणपछि सुरु भएको द्वन्द्वमा पहिलो पटक अमेरिकी सैनिकको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको बताइएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया