काठमाडाैं । बिहीवार हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा आइतबार राती १२ बजेदेखि सीमा नाका बन्द हुने भएको छ।
निर्वाचन सुरक्षा निर्देशिकाअनुसार निर्वाचन हुनुभन्दा ७२ घण्टा अघि सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ। यसै प्रावधानअनुसार **सुमन घिमिरे**ले आयोगको सिफारिसमा सीमा नाका बन्द गर्ने जानकारी दिनुभयो।
उहाँले बताउनुभयो, “निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने उद्देश्यले आज राती १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा सीमा नाका बन्द रहनेछ। सोही बमोजिमको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्वाचन आयोगले अनुरोध गरेको छ।”
निर्वाचन अवधिभर सुरक्षालाई कडा बनाउँदै सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न आयोगले विभिन्न सुरक्षा उपायहरू अवलम्बन गरिरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया