159
Shares
काठमाडाैं । यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि सञ्चालन गरिएको घरदैलो मतदाता शिक्षा अभियान आइतबारदेखि सकिँदैछ।
निर्वाचन आयोगले देशभरका ७ सय ५३ वटै स्थानीय तहमा स्वास्थ्य स्वयंसेविकामार्फत फागुन ३ गतेदेखि घरदैलो मतदाता शिक्षा अभियान सञ्चालन गरेको थियो।
सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो। आवश्यकताअनुसार स्वयंसेविकाहरूले स्थानीय मातृभाषामै मतदाता शिक्षा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो।
आयोगले मतदाता शिक्षाको प्रभावकारिता सुनिश्चित गर्न ७ सय ५३ वटै स्थानीय तहमा अनुगमनकर्ताहरू समेत खटाएको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया