काठमाडाैं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आइतबार ‘सुपर–एट’ समूहका अन्तिम दुई खेल हुँदैछन्।
पहिलो खेल दिउँसो सवा ३ बजे दिल्लीको अरुण जेटली स्टेडियम मा जिम्बाब्वे राष्ट्रिय क्रिकेट टोली र दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोली बीच हुनेछ। टी–२० क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म ८ खेल भएकोमा दक्षिण अफ्रिकाले ७ खेल जितेको छ भने एउटा खेल नतिजाविहीन रहिसकेको छ।
दोस्रो खेल बेलुका सवा ७ बजे कोलकाताको इडेन गार्डेन्स मा घरेलु टोली भारत राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिज क्रिकेट टोली बीच हुने छ। यी दुई टोलीबीच अहिलेसम्म ३० खेल भएकोमा भारत १९ खेल र वेस्ट इन्डिज १० खेलमा विजयी भएका छन् भने एउटा खेल नतिजाविहीन भएको छ।
समूह-१ बाट दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोली सेमिफाइनलमा पुगिसकेको छ। भारत–वेस्ट इन्डिज खेलको विजेताले सेमिफाइनलमा पुग्ने अन्तिम टोली बन्नेछ। जिम्बाब्वे यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ।
समूह-२ बाट भने इङ्ग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोली र न्युजिल्यान्ड राष्ट्रिय क्रिकेट टोली सेमिफाइनलमा पुगेका छन्। शनिबार श्रीलंकालाई पराजित गरे पनि पाकिस्तान राष्ट्रिय क्रिकेट टोली नेट रन रेटमा पछि परेर प्रतियोगिताबाट बाहिरिएको छ।
टी–२० विश्वकपको पहिलो सेमिफाइनल बुधबार र दोस्रो सेमिफाइनल बिहीबार हुनेछ। प्रतियोगिताको फाइनल खेल फागुन २४ गते आयोजना हुने छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया