अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा पनि इन्धनको भाउ यथावत

140 Shares

काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि नेपाल आयल निगम ले उपभोक्तालाई राहत दिने उद्देश्यले हाल कायम मूल्य यथावत राखेको छ ।

Indian Oil Corporation बाट शनिबार राति प्राप्त नयाँ खरिद मूल्यअनुसार इन्धनको मूल्य बढेर आएको थियो । नयाँ सूचीअनुसार पेट्रोलमा प्रतिलिटर २ दशमलव ०९ रुपैयाँ, डिजेलमा २ दशमलव ४७ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर १८ दशमलव ५८ रुपैयाँले वृद्धि भएको थियो । साथै, हवाई इन्धनमा पनि प्रतिलिटर ५ दशमलव ९८ रुपैयाँले मूल्य बढेर आएको जनाइएको छ ।

निगम सञ्चालक समितिको बैठकले उपभोक्ताको हितलाई मध्यनजर गर्दै सम्भावित घाटा सहेर पनि मूल्य नबढाउने निर्णय गरेको हो । बैठकले साबिककै खुद्रा बिक्री मूल्य कायम राख्ने जनाएको छ ।