काठमाडाैं । Pakistan national cricket team ले Sri Lanka national cricket team लाई ५ रनले पराजित गरे पनि आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्न असफल भएको छ ।
श्रीलंकाको Pallekele International Cricket Stadium मा शनिबार राति भएको खेलमा पाकिस्तानले २ सय १३ रनको लक्ष्य दिएको थियो । जवाफमा श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७ रन मात्र बनाउन सक्यो ।
श्रीलंकाका कप्तान Dasun Shanaka ले नटआउट ७६ रन बनाए भने पवन रथनायकेले ५८ रन जोडे । पाकिस्तानका Abrar Ahmed ले ३ विकेट लिए ।
यसअघि ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । Sahibzada Farhan ले १ सय रन तथा Fakhar Zaman ले ८४ रन बनाए । श्रीलंकाका Dilshan Madushanka ले ३ विकेट लिए ।
सेमिफाइनल पुग्न पाकिस्तानले श्रीलंकालाई १ सय ४५ रनभित्र रोक्नुपर्ने थियो । तर त्यसमा असफल भएपछि ‘सुपर–एट’ समूह २ बाट New Zealand national cricket team नेट रनरेटमा अघि रहँदै सेमिफाइनलमा पुगेको छ । यसअघि नै England national cricket team अन्तिम चारमा पुगिसकेको थियो ।
आइतबार ‘सुपर–एट’ का अन्तिम खेलमा Zimbabwe national cricket team र South Africa national cricket team तथा India national cricket team र West Indies cricket team बीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल फागुन २४ गते हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया