168
Shares
काठमाडौं । इजरायलद्वारा गरिएको सैन्य हमलामा इरानका रक्षामन्त्री मारिएको दाबी गरिएको छ।
अन्तर्राष्ट्रिय सञ्चार संस्था रोयटर्सका अनुसार शनिबार भएको हमलामा इरानका रक्षामन्त्री अमिर नासिरजादेह तथा इस्लामिक रिभोल्युशनरी गार्ड्स कर्प्स (आइआरजीसी)का कमान्डर मोहम्मद पाकपोर मारिएको आशंका गरिएको छ।
इजरायली सैन्य कारबाहीबारे जानकारी राख्ने दुई स्रोत र एक क्षेत्रीय स्रोतलाई उद्धृत गर्दै रोयटर्सले ती उच्च अधिकारीहरू इजरायली आक्रमणमा परेर मृत्यु भएको दाबी गरेको हो।
यद्यपि घटनाबारे इजरायल वा इरान सरकारबाट औपचारिक पुष्टि भने भइसकेको छैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया