काठमाडौं । प्युठानमा पिकअप भ्यानले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा चार जना घाइते भएका छन्।
प्युठान नगरपालिकाको बाग्दुलानजिकै लु १ च ७७६९ नम्बरको गाडीले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। उक्त गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी प्रचारमा प्रयोग भएको बताइएको छ।
दुर्घटनामा मोटरसाइकल चालक २० वर्षीय जीवन विश्वकर्मा र मोटरसाइकलमा सवार २१ वर्षीय रेशम खड्का घाइते भएका छन्। उनीहरू दुवै प्युठान नगरपालिका–५ जुम्रीकाँडाका बासिन्दा हुन्।
यस्तै, स्कुटर चालक २६ वर्षीय दीपक पोख्रेल (लमही नगरपालिका–६ देउपुर, दाङ) र स्कुटरमा सवार उनकी श्रीमती २५ वर्षीया सुजता भण्डारी पनि घाइते भएका छन्।
घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया