काठमाडौं । गगन कुमार थापाले आज (शनिबार) मधेश प्रदेशका चार जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।
उनी सर्लाही, रौतहट, बारा र पर्सामा आयोजना हुने सभामा सहभागी हुनेछन्। सभामा जाने क्रममा थापा रोड शोमा पनि सहभागी हुने उनको सचिवालयले जनाएको छ।
यसअघि शुक्रबार उनले रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए। बिहीबार भने उनी सुर्खेत र बाँके पुगेर चुनावी कार्यक्रमलाई सम्बोधन गरेका थिए।
सभापति थापाले आइतबार काठमाडौंमा हुने कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यतालिका रहेको छ। ६ फागुनमा जनकपुरधाममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेपछि ७ फागुनमा उनले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा प्रतिज्ञा पत्रबारे चर्चा गर्दै प्रश्नहरूको जवाफ दिएका थिए।
बुटवलको सभामा उपसभापति पुष्पा भुषाल गौतम सहभागी थिइन् भने पोखराको सभामा उपसभापति विश्वप्रकाश शर्मा उपस्थित थिए।
शनिबार थापा एक्लै मधेशका सभामा सहभागी हुनेछन् भने आइतबारको कार्यक्रममा उपसभापति शर्मा पनि सहभागी हुने जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया