141
Shares
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारहरूले विदेशी मुद्रा (डलर) मा गरेको खर्चलाई पनि नजिकबाट ट्रयाक गरिरहेको जनाएको छ।
आयोगमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली रुपैयाँ होस् वा डलरमा गरिएको खर्च—सबै निर्वाचन खर्चको तोकिएको सीमाभित्रै गणना हुने स्पष्ट पारे।
उनका अनुसार विदेशी मुद्रामा गरिएको खर्चका सन्दर्भमा वैदेशिक सटही सुविधा सम्बन्धी प्रचलित कानुनहरू पनि आकर्षित हुनेछन् र आवश्यक परे सोही अनुसार कारबाही अघि बढाइनेछ।
प्रवक्ता भट्टराईले निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै यातायात व्यवसायीहरूलाई पनि समय व्यवस्थापन गर्न आग्रह गरिएको जानकारी दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया