काठमाडाैं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन्।
मंगलबार सर्वोच्च अदालत ले बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै प्रसाईंको हकमा आदेश जारी गरेको थियो।
उनीलाई जिल्ला प्रहरी परिसरको हिरासतमा गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।
निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपमा कारबाही गर्न भन्दै निर्वाचन आयोग ले प्रहरीलाई पत्राचार गरेपछि प्रहरीले प्रसाईंलाई फागुन ४ गते काठमाडौंबाट पक्राउ गरेको थियो।
मंगलबार नै रिहा गर्न आदेश जारी भए पनि कार्यालय समयमा आवश्यक प्रक्रिया पूरा हुन नसकेपछि उनी आजमात्रै हिरासत मुक्त भएका हुन्।







फेसबुकबाट तपाईको प्रतिक्रिया