निर्वाचनमा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने

138 Shares

काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा घाइते हुने सबै सुरक्षाकर्मीहरूको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्याल ले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने जानकारी दिनुभयो। साथै, सो अवधिमा कुनै सुरक्षाकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरिएको उहाँले बताउनुभयो।

तीन दिन सार्वजनिक बिदा

२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्का अन्य प्रमुख निर्णयहरू

  • १६ औँ योजना कार्यान्वयन कार्ययोजना स्वीकृत।

  • नेपाललाई OECD Global Forum on Transparency and Exchange of Information for Tax Purposes को सदस्यता लिन स्वीकृति।

  • चीन सरकारबाट निर्वाचन प्रयोजनका लागि प्रस्तावित ४ मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय।

  • बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत।

  • बीमा ऐन, २०७९ सम्बन्धी कसुरका मुद्दा कारबाहीका लागि ७७ वटै जिल्ला अदालत तोक्ने निर्णय।

  • विक्रम संवत २०८३ सालका लागि सार्वजनिक बिदा निर्धारण।

  • हितमान गुरुङलाई बेलायतका राजाबाट प्रदान गरिने ‘बीइएम’ (BEM) उपाधि ग्रहण गर्न स्वीकृति।

  • यातायात क्षेत्र सम्बन्धी सर्वोच्च अदालतका आदेश कार्यान्वयन जाँचबुझ आयोगको म्याद एक महिना थप।

  • Interpol को २१ औँ एनसीबी सम्मेलन (फ्रान्स) मा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सहभागी हुन स्वीकृति।

  • भारतमा हुने रायसिना इनसाइट्स फोरम २०२६ मा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशीलाई सहभागी हुन स्वीकृति।

  • बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमान को शपथ समारोहमा सहभागी परराष्ट्रमन्त्रीको भ्रमण अनुमोदन।

  • नेपाल रेडक्रस सोसाइटी को तदर्थ समितिलाई २०८३ असार मसान्तसम्म निरन्तरता।

  • संयुक्त राष्ट्रसंघीय महिलाको स्थिति सम्बन्धी आयोगको ७० औँ सम्मेलन (न्युयोर्क) मा सहभागिताका लागि प्रतिनिधिमण्डल स्वीकृत।

  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्वाचनपछि उपयुक्त समयमा आयोजना गर्ने निर्णय।

  • नेपाली सेनाका दुई प्रमुख सेनानीलाई महासेनानीमा बढुवा तथा दुई महासेनानीको सरुवा।

  • विभिन्न जलविद्युत तथा विद्युत प्रशारण लाइन आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति।

  • जेन–जी परिषद् गठन।

  • सचिवहरू डा. रामप्रसाद घिमिरे र डा. हरिप्रसाद लम्साललाई अनिवार्य अवकाशको जानकारी तथा योगदानप्रति धन्यवाद।

  • राजपत्रांकित विशिष्ट श्रेणीका ६ जना अधिकृतहरूको वैदेशिक भ्रमण स्वीकृत।

सरकारले निर्वाचन, पूर्वाधार विकास, अन्तर्राष्ट्रिय सहभागिता तथा प्रशासनिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा निर्णय गर्दै कार्यान्वयन प्रक्रिया अघि बढाएको जनाएको छ।