काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तयारीबारे चार सुरक्षा निकायका प्रमुखहरूले सुशीला कार्की लाई ब्रिफिङ गरेका छन्।
बालुवाटार मा मंगलबार भएको छलफल उच्च हिमाली क्षेत्रको सम्भावित मौसम अवस्था, होली पर्व तथा समग्र सुरक्षा अवस्थामाथि केन्द्रित रहेको जनाइएको छ। प्रधानमन्त्री कार्कीले सुरक्षा रणनीति सन्तोषजनक रहेको उल्लेख गर्दै सम्भावित चुनौतीप्रति सतर्क रहन निर्देशन दिनुभएको छ। साथै, सुरक्षा चुनौती उत्पन्न गर्न सक्ने व्यक्ति वा समूहको निगरानी सुदृढ गर्न पनि निर्देशन दिनुभएको बताइएको छ।
उक्त छलफलमा ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, नेपाल प्रहरी का महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी का महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभाग का प्रमुख टेकेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया