पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव: पहाडी–हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

125 Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।

बुधबार बिहान देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ।

बुधबार दिउँसो तराईका केही स्थानमा बिहान हुस्सु लाग्ने सम्भावना छ। गण्डकी प्रदेशसहित अन्य प्रदेशका पहाडी–हिमाली भू-भागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी–हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ।

बुधबार राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने अन्य भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी–हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।